एनआरएनएद्धारा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी तथा बिजेता खेलाडीलाई नगदसहित सम्मान

news-details

भर्खरै सम्पन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि तथा पदक जित्न सफल एनआरएन खेलाडिहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नगदसहित भव्य स्वागत तथा सम्मान गरेको छ ।

संघले स्वर्णपदक बिजेता खेलाडीलाई नगद १ लाख, रजत पदक बिजेतालाई ८० हजार र कास्य पदक बिजेतालाई ६० हजार, सहभागी सबै खेलाडीलाई ५० हजार र रेफ्रि तथा प्रशिक्षकहरुलाई २५ हजार नगदसहित सम्मान गरेको हो ।

पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको एनआरएनले ६ स्वर्ण २ रजत र ७ कास्य गरी कुल १५ पदक जितेको थियो । प्रतियोगितामा एनआरएनका २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पदक बिजेता खेलाडिहरुलाई राजधानीमा एक कार्यक्रमकाबीच संघका अध्यक्ष भवन भट्टसहितका पदाधिकारीहरुले सम्मान गरेका थिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना, एनआरएनएका महासचिब बद्री केसी, युवा संयोजक सुदन थापा, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनए आइसिसी सदस्य मनोज गोर्खालीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी खेलाडीसँगै टेक्निकल मेम्बरहरुलाई पनि सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *