कतारका सफल नेपाली व्यवसायी तथा गैरआवासीय नेपाली महेन्द्र चौलागाईलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतले स्वागत गरेको छ ।

बेलायत भ्रमणमा रहेका संघका आइसीसी अनररी काउन्सिल सदस्य चौलागाईलाई एनआरएनए यूकेले अल्डरसटस्थित कार्यालयमा स्वागत गरेको हो ।

चौलागाई नेपाली बिजनेस एशोसिएसन कतारका अध्यक्ष तथा झापाली समाजका प्रवक्ता समेत हुन ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी र पूर्वअध्यक्ष योगेन क्षेत्रीले खादा र मायाको चिनोसहित चौलागाईलाई स्वागत गरेका थिए ।

कतारका व्यवसायी चौलागाईलाई एनआरएन बेलायतले ग¥यो स्वागत

एनआरएनए युकेका उपाध्यक्ष शेर सुनारले संचालन गरेको कार्यक्रममा अर्का उपाध्यक्ष ललित न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

सो अवसरमा एनआरएनए आइसीसी रोड सेफ्टी टास्कफोर्स संयोजक थर्क सेन, एनआरएनए यूकेका उपाध्यक्ष पुनम गुरुङ, यति नेपाली एशोसिएसनका महासचिव बाचस्पति रेग्मी, शिव कल्चर सेन्टरका महासचिव विक्रम भट्टराई, रेष्टुरेन्ट व्यवसायी गोपाल भट्टराई लगायतको उपस्थिती रहेको थियो ।