गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सागर नेपाललाई मातृशोक

news-details

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्वउपाध्यक्ष सागर नेपाललाई मातृशोक परेको छ । नेपालकी आमा इन्द्रकुमारी नेपालको मंगलबार विहान ६९ वर्षको उमेरमा निधन भएको हो ।

कतारका पुराना व्यवसायी तथा सामाजिक अगुवा समेत रहेका सागर नेपालकी आमा इन्द्रकुमारी नेपाल पछिल्लो समय अस्वस्थ रहनुभएको थियो । उहाँको काठमाडौ कलंकीमा अवस्थित निवासमै निधन भएको हो ।

स्व. इन्द्रकुमारी नेपालको आजै पशुपती आर्यघाटमा अन्तेष्टि गरिएको छ । एक मात्र पुत्र रहेका सागर नेपाल कतारमै रहेकाले उनका सौतेनी आमाका छोराहरुले दागवत्ति दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *