गैरआवासीय नेपाली संघका पदाधिकारीहरु घटनास्थलमै पुगेर वाराका हावाहुरी पीडितको उद्धार र राहत वितरणमा जुटेका छन् । घटना लगत्तै प्रभावित स्थलमै पुगेर एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु र अगुवाहरु राहत वितरणमा जुटेकोमा अहिले एनआरएनए मध्यपूर्वी क्षेत्रका पदाधिकारीहरु तथा एनआरएनए मलेसियाका पदाधिकारीहरु पनि राहत वितरणमा जुटेका हुन ।

संस्थागतरुपमा एनआरएनए आइसीसीको नेतृत्वमा राहत वितरण भैरहेकोमा काठमाडौमा भएका मध्यपूर्व क्षेत्र तथा मलेसियाका पदाधिकारीहरु पनि स्वस्र्फुतरुपमा व्यक्तिगत सहयोगका लागि प्रभावितस्थल पुगेका हुन ।

एनआरएन अगुवाहरु प्रभावित स्थलमै पुगेर राहत वितरण र उद्धारमा जुटे

एनआरएनएका उपाध्यक्ष कुमार पन्त, प्रवक्ता भुषण घिमिरे, सचिव डिबी क्षेत्री, मध्यपूर्व संयोजक आर के शर्मा, एनआरएनए मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ, एसिया प्यासिफिक क्षेत्रका पूर्व उपसंयोजक गोविन्द श्रेष्ठ, मध्यपूर्वी क्षेत्रका पूर्व उपसंयोजक धर्मराज गिरी एनआरएनएका पूर्वउपाध्यक्ष तथा सल्लाहकार रामेश्वर शाह, पूर्वमहासचिव रतन झा, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, आइसिसी सदस्य मनोज गोर्खाली, एनआरएनए जर्मनीका उपाध्यक्ष मिलन पन्त, एनआरएन मलेसियाबाट सन्तोष कार्की, राजेश श्रेष्ठलगायत राहत वितरणका लागि बाराका प्रभावित गाँउहरुमा पुगेका हुन ।

एनआरएन अगुवाहरु प्रभावित स्थलमै पुगेर राहत वितरण र उद्धारमा जुटे

एनआरएनए आइसीसीको नेतृत्व गर्दै गएको उपाध्यक्ष कुमार पन्तको टोलीले करिब ५ सय भन्दा बढी परिवारलाई राहत वितरण गरेको जानकारी दिएको छ भने मध्यपूर्वि क्षेत्र र मलेसियाको टोलीले पनि ५ सय परिवार भन्दा बढीलाई राहत वितरण गरेको जानकारी दिएको छ । राहत वितरणका क्रममा एनआरएनहरुले खाद्यान्न, टेन्ट, झुललगायतका सामाग्री वितरण गरेको हो ।

एनआरएनए आइसीसीको टोली वाराको तेलगाई, पुरौयालगायत क्षेत्रमा राहत वितरण गरेर अन्य विकट गाँउमा राहत वितरणका लागि पुगिरहेको छ भने मध्यपूर्व र मलेसियाका पदाधिकारीहरुले वाराको शुभर्ण गाउँपालिका हार्दियाको दलित टोल, फेटा टोल तथा भर्वालियामा राहत वितरण गरेका छन ।

एनआरएन अगुवाहरु प्रभावित स्थलमै पुगेर राहत वितरण र उद्धारमा जुटे

विश्वभर फैलिएको एनआरएनए एनसीसीहरुको संजालले संस्थागतरुपमा आइसीसीमार्फत नै सहयोग गर्ने निर्णय गरेकोमा त्यसका अलवा संभव भएसम्म मध्यपूर्व र मलेसियाका साथिहरु आफै पनि पुगेर व्यक्तिगतरुपमा सहयोग गर्न तथा पीडितको घाउमा मल्हम लगाउन प्रभावितस्थल पुगेको मध्यपूर्वी संयोजक आरके शर्माले जानकारी दिए ।

‘संस्थागतरुपमा सबै एनसीसी र संस्थाहरुले आइसीसीमार्फत नै सहयोग गर्नेछौ, यसबाहेक पनि स्वस्र्फुत र थप व्यक्तिगत सहयोगका लागि विभिन्न मुलुकका एनआरएन साथिहरु प्रभावितस्थल पुगिरहेका छौ’ आइसीसी सचिव डिबी क्षेत्रीले भने ।

शुभकामना नेपाल–जापान फाउण्डेशनको पनि सहयोग

यसैबीच शुभकामना नेपाल–जापान फाउण्डेशनले पनि हावाहुरी पीडितका लागि राहत सामाग्री उपलब्ध गराएको छ । राहत वितरणका लागि एनआरएनएको टोलीसँगै वारा पुगेका फाउण्डेशनका अध्यक्ष तथा एनआरएनए एसिया प्यासिफिक क्षेत्रका पूर्वउपसंयोजक गोविन्द श्रेष्ठ (रोविन्द)ले उक्त सहायता हस्तान्तरण गरेका हुन ।

एनआरएन अगुवाहरु प्रभावित स्थलमै पुगेर राहत वितरण र उद्धारमा जुटे

फाउण्डेशनकातर्फबाट स्थानिय प्रहरी प्रशासनका लागि ५० थान र स्थानिय पीडित परिवारका लागि ५० थान गरी १०० थान त्रिपाल हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिएका छन ।

श्रेष्ठले एनआरएनमार्फत पनि राहत सामाग्री वितरणमा सहयोग गरिरहेका छन ।