लगानी सम्मेलन : १० अर्ब लगानी गर्ने गरी गैरआवासीय नेपाली संघ र सरकारबीच भयो सम्झौता

news-details

नेपालको पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजना ल्याउने गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) र सरकारबीच सम्झौता भएको छ ।

लगानी सम्मेलनका क्रममा भएको सम्झौतामा एनआरएनएका तर्फबाट अध्यक्ष भवन भट्ट र सरकारका तर्फबाट उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले हस्ताक्षर गरेका हुन ।

सम्झौतासँगै अब ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापना गरेर एनआरएनएले नेपालमा लगानी गर्नेछ । नेपाल सरकार समेतको लगानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब रुपैया र चालु पुँजी १० अर्ब रहने बताइएको छ ।

सहमतिअनुसार सुरुमा एनआरएनले ५ प्रतिशत, नेपाल सरकारले ५ प्रतिशत र नेपालको निजी क्षेत्रले ५ प्रतिशत रकम कोषमा राख्ने र बाँकी ८५ प्रतिशत रकम बिभिन्न हैसियतमा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई शेयर वितरण गरि संकलन गरिने एनआरएनएका उपाध्यक्ष कुमार पन्तले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *