गैरआवासीय नेपालीहरुको सहायताका लागि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र आज बिहिबारबाट एनआरएन डेस्क संचालनमा आएको छ ।

गैरआवासीय नेपाली संघले विश्वभर छरिएर रहेका नेपालीहरु स्वदेश आउदा तथा कार्यस्थल फर्कदा विमानस्थलमा सहजीकरणका लागि डेस्क स्थापना गरिदिन लामो समयदेखि सरकारसँग माग राख्दै आएकोमा अहिले आएर यो पुरा भएको संघका उपाध्यक्ष कुल आचार्यले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना भयो एनआरएन डेस्क

‘गैरआवासीय नेपालीहरुको माग अनुसार डेस्क स्थापनाका लागि हामीले अध्यागमन विभाग, गृह मन्त्रालय तथा सरोकारित निकायमा संघका तर्फबाट पहल गरेका थियौ, त्यसले आज सार्थकता पाएको छ’ उपाध्यक्ष कुल आचार्यले डेस्क स्थापनाका लागि पहल गर्ने सबैलाई धन्यवाद दिदै भने– ‘विमानस्थलमा गैरआवासीय नेपालीहरुको आवागमन सहज बनाउन तथा भैपरि आउने समस्या समाधानका लागि एनआरएन डेस्क सहयोगी सिद्ध हुने हामीले विश्वास लिएका छौ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना भयो एनआरएन डेस्क

डेस्क सुभारम्भ कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्रि केसी तथा विमानस्थलका अध्यागमन विभागका उच्च अधिकारीहरुलगायतको सहभागिता रहेको थियो ।