एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य रुपमा सम्पन्न

news-details

एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ ।

करिब सय जना भन्दा बढी सहभागिता रहेको एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए । ‘एनआरएनए स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले सहभागीहरुमाझ एनआरएनएप्रति सकरात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता बिस्तार र संगठन बिस्तारमा सहयोग पुगेको छ’ अध्यक्ष कार्कीले बताए ।

हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन भएको र सहयोग संकलन क्रम जारी नै रहेको अध्यक्ष कार्कीले बताए । उक्त कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने छ ।

उक्त हिल वाक शुरु हुनु भन्दा पहिले एनआरएनए स्कटल्याण्डका सचिब कृष्ण दाहालले हिल वाकको बिबरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिएका थिए । डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब दुई घण्टा लागेको थियो । एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेसहित उक्त कार्यकममा स्कटल्याण्डको बिभिन्न स्थानहरु एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ, डनफर्मलिन र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।

अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यबसायमा सहयोग पुग्ने बताए । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचारको लागि नेपाली दुतावास र पर्यटन बोर्डसंग समन्वय गरिरहेको कार्कीले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *