एनआरएन मार्फत आठौं राष्ट्रिय खेलकुदमा ७ देशका २४ खेलाडी सहभागी हुने

news-details

विभिन्न ८० देशमा आफ्नो सञ्जाल बिस्तार गरेको गैरआवासीय नेपाली संघ (एनआरएन)ले पहिलो पटक आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने भएको छ । यही चैत्र अन्तिम सातादेखि नेपालगञ्जमा हुने खेलमा विदेशमा बस्ने ७ देशका २४ खेलाडीले ९ वटा खेलमा सहभागिता जनाउन लागेको हो ।

विभिन्न कारणले विदेशीएका नेपाली खेलाडीलाई पुनः नेपालसँग जोड्नका लागि राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरी पहिलो पटक सहभागिता जनाउन लागिएको जानकारी एनआरएनले राजधानीमा आइतवार पत्रकार सम्मेलन गरेर दिएको छ ।

राष्ट्रिय खेलकुदमा अव ७ प्रदेश, तीन विभागिय टोलिसँगै गैरआवासीय नेपाली खेलाडीले सहभागिता जनाउने छन् । ‘इतिहाँसमा नै पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले गैरआवासीय नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुदमा आमन्त्रण गरेको हो’ संघका अध्यक्ष भवन भट्टले भने–‘विदेशमा धेरै नेपाली खेलाडीहरु रहेका छन्, उनीहरुलाई फेरि नेपाल जोड्ने काम खेलकुदले गर्दछ ।’ विदेशमा रहेका नेपालीहरुले त्यहाँको आधुनिकतासँगै केही बढि अनुभव लिने अवसर पाएको अध्यक्ष भट्टको भनाई छ ।

 

एनआरएन खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिण्टन, लङटेनिस, टेवल टेनिस, गल्फ, म्याराथन र बक्सिङ खेल्नेछन् जसका लागि अमेरिका, यूएई, अष्ट्रिेलिया, मलेसिया, मकाउ, जापान र हङकङदेखि नेपाल आउने संघका महासचिव डा. बद्री केसीले जानकारी दिए ।

एनआरएनका हरेक देशका कार्यसमितिले युवा तथा खेलकुद समिति बनाएर विदेशमा खेलकुदको विकासमा काम गरिरहेको छ । यसरी राष्ट्रिय खेलकुदमा विदेशमा रहेका नेपालीहरुको पुनरागमनले केही राम्रो सन्देश दिने आम नेपालीको बुझाई छ ।

आइतवार एनआरएन मुख्यालयमा भएको पत्रकार सम्मेलनमा एनआरएन आइसीसी सदस्य मनोज गोर्खाली, मुकेश बरुवाल, एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेलगायत एनआरएन खेलाडीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *