एनआरएनए ओसियाना क्षेत्रीय भेलाको तयारी

news-details

गैरआवासीय नेपाली संघले आगामी मे महिनाको ११ र १२ तारिखमा अष्ट्रेलियाको सिड्नीमा हुने एनआरएनए ओसेनिया क्षेत्रीय भेलाको तयारी शुरु गरेको छ । क्षेत्रीय भेला सफल बनाउनका लागि काम थालिएको जानकारी पत्रकार सम्मेलन मार्फत ओसेनिया क्षेत्रका क्षेत्रीय संयोजक तथा क्षेत्रीय भेलाका संयोजक धर्मराज अधिकारीले दिए ।

भेला आयोजकले करीब २० वटा मुलुकबाट तीन सय जना प्रतिनिधरु सहभागी हुने अपेक्षा गरेको छ । ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै भेलामा संघका अध्यक्ष, पदाधिकारीहरु, संरक्षक परिषद्का पदाधिकारीहरु, सल्लाहकारहरु, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरु, मानार्थ परिषद्का सदस्यहरु, विभिन्न मुलुकका एनसीसी प्रतिनिधिहरुका साथै संचारकर्मीहरुको उपस्थिति रहने जनाइएको छ ।

भेलाका लागि नेपाल सरकारका प्रतिनिधिहरु, नेपालका प्रमुख राजनीतिक दलका नेताहरु र सरोकारवाला संघ संस्थाहरुकालाई सहभागीताका लगि निमन्त्रणा गरिसकेको जानकारी संयोजक अधिकारीले दिए ।

भेलाको मूल विषय “समृद्ध नेपालको लागि गैरआवासीय नेपाली, सदैव र सबैको लागि“ रहेको छ । भेलामा नेपालमा वैदेशिक लगानी, नेपालको पर्यटन विकास र प्रबर्धन अनि विदेशमा सिकेको सीप र ज्ञानलाई नेपालमा भित्र्याउने अभियानलाई केन्द्रविन्दुमा राखेर बृहत छलफल गरिने जनाइएको छ । यसका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपालीहरुले खेल्नु पर्ने भूमिका पहिल्याउन पहलका साथ यसलाई कार्यान्वयनमा लैजान खाका समेत तयार गरिने आयोजकको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *