एनआरएन कपको उपाधि एभरेस्ट फुटबल क्लबलाई

news-details

बार्सिलोना । गैर आवासीय नेपाली संघ स्पेनको आयोजनामा एनआरएन स्पेन कप खुल्ला फुटबल प्रतियोगितामा एनआरएन मेड्रिड ९एभरेस्ट फुटबल क्लब मेड्रिड०को समूहले उपाधि जितेको छ ।

सचिब दिनेश गिरीको संयोजकत्वमा बार्सिलोनाको एक फुटबल मैदानमा खेलाईएको उक्त प्रतियोगिताका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुल आचार्यले उद्घाटन गरेका हुन । जम्मा ८ समूहले भाग लिएको उक्त प्रतियोगिताको फाइनलमा तमु समाज स्पेनलाई १ का बिरुद्द ३ गोल गरेर मेड्रिडले उपाधि चुमेको हो ।

कार्यक्रममा एनआरएन युरोप संयोजक शिब बरुवाल, स्पेनका आइसीसी सदस्य मुक्त गुरुङ लगायत स्पेनमा रहेका सम्पूर्ण संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

संघका महासचिब कृष्ण भुसालले कार्यक्रम उत्कृष्ट र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको र सम्पूर्ण खेलाडीहरुको उच्च प्रदर्शन रहेको बताए ।

कार्यक्रम पश्चात एनआरएन स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिदै यो कार्यक्रम सम्पन्न गर्न सहयोगी भूमिका गर्ने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु गरिने जानकारी दिए ।

नेपालीहरुको अन्य कार्यक्रम भन्दा उल्लेखनीय उपस्थिति रहेको एनआरएन कपमा रातको ११ बजे सम्म पनि उत्साह र धैर्यताका साथ् नेपाली दाजु भाई तथा दिदीबहिनीहरुले खेलाडीहरुलाई हौसला प्रदान गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *