एनआरएनए महिला फोरमले नुवाकोटमा दुइदिने हेल्थ क्याम्प सम्पन्न गर्यो

news-details

कृष्ण के सी / गैरआवासीय नेपाली संघको महिला फोरमले १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नुवाकोट जिल्लामा दुइदिने हेल्थ क्याम्प सम्पन्न गरेको छ ।

गैरआवासीय नेपाली संघकी महिला संयोजक रजनी प्रधानको नेतृत्वमा गएको टोलीले नुवाकोट जिल्लाको दुप्चेश्वोर गाउपालिकामा २ दिने महिलाहरुको पाठेघर समस्या र नाक कान घांटी सम्बन्धी स्वस्थ्य शिविर सम्पन्न गरेको हो ।

स्वास्थ शिबिरको पहिलो दिन दुप्चेश्वोर गाउँ पालिका वडा नम्बर ३ राउतबेसी स्थित राउतबेसी स्वस्थ्य चौकीमा सो शिविर सम्पन्न भएको थियो । दुप्चेश्वर गाउपालिकाको समन्वयमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या तथा बच्चाहरुको नाक कान घाँटी सम्बन्धी रोगहरुका लागि निःशुल्क स्वास्थ जाच भएको थियो । सो शिविरमा करिब ३०० जनाले स्वास्थ्य परिक्षण गराएको जनाइएको छ ।

यस्तै शिविरको अन्तिम दिन सोही गाउपालिकाको वडा नं। ७ शिखरबेसी स्वास्थ्य चौकीमा करिब ३२५ जना महिला तथा बालबालिकाहरुले स्वास्थ्य परिक्षण सेवा लिएका थिए । दुईदिने उक्त शिविरमार्फत ६ सयभन्दा धेरै बिरामीहरुले सेवा लिएको संयोजक रजनी प्रधानले बताइन ।

सो सेवाबाट महिलाहरुको पाठेघरको समस्या हुनेहरुलाई थापाथाली अस्पतालमा सर्जरीको लागि रिफर गरिएको छ । यसका साथै थुप्रै औषधी समेत वितरण गरिएको कुरा संयोजक रजनी प्रधानले बताएकी छन । संघको महिला फोरमले आयोजना गरेको यो ८ औं स्वास्थ्य सेवा हो ।

यसका साथै कौकेश्वरी माध्यमिक बिद्यालय राउतबेसी र बछला माबि शिखरबेसीका करिब ४०० बालबालिकाहरुलाई हाइजिन किट पनि बितरण गरिएको जनाइएको छ ।

कार्यक्रमको समापनका अवसरमा गैरआवासीय नेपाली संघ र मेडिकल टिमलाई सेवा प्रदान गरेबापत दुप्चेश्वर गाउपालिकाको तर्फबाट उपाध्यक्ष अञ्जु आचार्यले धन्यवाद ज्ञापन गर्दै कदरपत्र र मायाको चिनो समेत प्रदान गरेकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *