गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष रमेश श्रेष्ठले पछिल्लो समय आफ्नो विषयमा भ्रामक र तथ्यहिन समाचार संप्रेषण गरिएकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
गत शुक्रबार सामान्य सोधपुछका लागि दुबई प्रहरीले बोलाएको घटनालाई बंग्याएर मापसे गरि सवारी साधन चलाएको अभियोगमा पक्राउ गरिएको भन्ने समाचारले आफुलाई आघात पु¥याएको श्रेष्ठले विज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।
‘यहाँको स्थानीय निकायले आवश्यक छानबीन गर्नु सामान्य हो, सोही क्रममा मलाई दुबई प्रहरीले सामान्य सोधपूछका लागि बोलाएकोमा मैले मेरोतर्फबाट आबश्यक सहयोग गरेको थिए’ अध्यक्ष श्रेष्ठले भने –‘तर बिभिन्न मिडियाहरुमा सत्यतथ्य नबुझि मेरो बद्नाम तथा चरित्रहत्यासँगै म आबद्ध संस्थाको बद्नाम गर्ने नियत बमोजिम भ्रामक समाचारहरु प्रकाशित भएकोप्रति मेरो घोर आपत्ति रहेको छ । म मेरो बारेमा केही अनलाईन पत्रीकाहरुमा आएको मिथ्या समाचारको गम्भीर रुपम खण्डन गर्दछु ।’
यस खाले भ्रामक समाचारले आफ्नो आत्मसम्मानमा चोट पु¥याएको बताउदै श्रेष्ठले आफ्ना विषयमा केहि कुरा बुझनुपर्ने भएमा आफुलाई सिधै सम्पर्क गरेर समेत आवश्यक जानकारी लिन आग्रह गरेका छन् ।
हेर्नुहोस विज्ञप्ती









