एनआरएनएद्धारा सन् २०१९ लाई ‘नेपाल प्रवर्द्धन वर्ष’को रुपमा मनाउने घोषणा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१९ लाई ‘नेपाल प्रवर्द्धन वर्ष’ को रुपमा मनाउने घोषणा गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई सघाउ पुर्याउने उद्देश्यका साथ एनआरएनएले सन् २०१९ लाई ‘नेपाल प्रवर्द्धन वर्ष’ को रुपमा मनाउने घोषणा गरेको हो ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई पूरा गराउन सहयोग गर्न सन् २०१९ लाई नेपाल वर्षको रुपमा मनाउने घोषणा गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सो प्रवद्र्धन वर्षलाई सफल बनाउन आफ्नै अध्यक्षतामा २ सय १३ सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको पनि बताए ।

मूल समारोह समितिले ८० वटा भन्दा बढि देशमा रहेका नेटवर्कलाई प्रयोग गरी नेपाल भ्रमण वर्षमा २० लाख बढि विदेशी पर्यटक नेपाल भित्रयाउने योजनालाई सफल बनाउन आवश्यक प्रचार प्रसारको काम गर्नेछ ।

अध्यक्ष भट्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एनआरएनएले विश्वका विभिन्न देशमा नेपालबारे प्रचार प्रसार गर्ने योजनाका साथ नेपाल प्रवद्र्धन वर्ष मनाउने घोषणा गरिएको पनि स्पष्ट पारे । नेपाल सरकारले सन् २०२० मा २० लाख बढि विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष बनाउने तयारी गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *