गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा सहभागी हुन अर्थमन्त्री खतिवडाको आग्रह

news-details

अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमार्फत नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)युकेले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नेपालमा लगानीको उपयुक्त अवसर तयार भएकोमा आश्वस्त पनि पारेका थिए । करका दरहरुमा सुधार गरिएको भन्दै मन्त्री खतिवडाले इतिहासमै पहिलो पटक नेपालमा उच्च आर्थिकबृद्धि हुने दाबीसमेत गरे । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमअफ) को प्रतिवेदनले पनि यो देखाइसकेकोले वर्तमान सरकार ७ प्रतिशतभन्दा बढि आर्थिकबृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको बताए ।

नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान आग्रह गर्दै उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको बताए । ठूला मुलुकमा चेकजाँच हुदाँ सामान्य मानिने भएपनि हामी कहाँ त्यही चेकजाँचको विषयलाई ठूलो बनाइएको उनको भनाई छ । विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिङको व्यवस्था भएको भन्दै सबै देशले पूँजी खाता नियमन गर्ने व्यवस्था भएको उनले स्मरण गराए ।

वैदेशिक व्यापारका समस्या अहिले सृजना भएको नभई विगतको संरचनागत समस्यासमेत भएको उनको भनाइ थियो । विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखा परेको मन्त्री खतिवडाले दावी गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीले नेपालमा लगानीका बारेमा चासो राखेका थिए । २९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लन्डन पुगेका हुन् । डा. खतिवडाले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न, समन्वय गर्न तथा नेपालमा हुन लागेको नेपाल लगानी सम्मेलनलाई समेत सहयोग पु¥याउन आग्रह गरेका थिए ।

बेलायतस्थित नेपाली दूतावासले आयोजना गर्ने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताका रुपमा अर्थमन्त्री खतिवडाले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *