एनआरएनए क्यानडाको खेलकुद सप्ताह सम्पन्न

news-details

गैरआवासीय नेपाली सघ,क्यानाडाले नेपालको प्रजातन्त्र दिवसको अवसर पारेर साताव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ । क्यानाडाका मुख्य सहरहरु टोरोन्टो, मिसिसागा, स्कारबोरो, क्याल्गेरी, एड्मन्टन, सस्काट्युनमा कार्यक्रम गरेको हो ।

सप्ताहमा भलिबल, टग अफ वार (महिला/पुरुस), दौड, टेबल टेनिस, ब्याडमिन्टन, चेसलगायत एक दर्जन भन्दा बढी खेलहरु समाबेश गरिएको थियो ।

भलिबलतर्फ लालीगुराँस स्पोर्ट्स क्लब बिजेता बनेको छ । विजेता लालीगुराँसले एकहजार क्यानेडिएन डलर र रनिङ शिल्ड प्राप्त गरेको छ । उपबिजेता टोरोन्टो स्पोर्ट्स क्लबले ७ सय क्यानेडिएन डलरमा चित्त बुझायो । भलिबलतर्फ ८ टिमको सहभागिता रहेको थियो ।

यस्तै, पुरुष ‘टग अफ वार’ मा ओटावा फ्याल्कनले भिक्टोरिया ड्रागनलाई पराजित गर्दै मेडल र नगद पुरस्कार जित्यो । महिला टग अफ वारको टाइटल भने ‘लेडी धौलागीरी’ लाई हराउँदै लेडी अन्नपूर्णले जितेको छ ।

बालबालिकाहरुको दौड (७-१० वर्ष) मा टोरोन्टोका सागर थापा पहिलो भए । ११-१५ वर्षको भने स्कारबोरोका बबिन्सन बटालाले जिते ।

क्यानाडास्थित नेपाली सँस्थाका प्रमुखहरु बीचको रमाइलो दौडमा १७ जना अध्यक्षहरुलाई पछि पार्दै प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष रमेश थापा पहिलो भए भने लालीगुराँस क्लबका अध्यक्ष उत्तम श्रेस्ठ द्धितीय र टोरोन्टो स्पोर्ट्सका अध्यक्ष दिपेन्द्र केसी तेश्रो भए ।

प्रथम भएका थापाले डौडमा जितेको १५० क्यानेडिएन डलरमा र त्यतीनै रकम थपेर ३०० डलर धुर्मुस सुन्तली फाउन्डेसनलाई स्टेडियम बनाउन सहयोग गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा कलाकारहरूको विभिन्न सांगितिक प्रस्तुति पनि समाबेश गरिएको थियो ।

एकता र आपसी विश्वास अभिवृद्धि गर्न खेलकुदले सहयोग गर्ने भएकोले कार्यक्रमहरु गरिएको सप्ताहका मुख्य ब्यस्थापक एवंम एनआरएन क्यानाडाका महासचिव चिरञ्जीवी घिमिरेले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *