नेपालीहरुको सक्रियतामा पोर्तुगलमा रक्तदान कार्यक्रम सम्पन्न

news-details

पोर्तुगलको अल्गार्भमा नेपालीहरुको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति अल्गार्भको आयोजना र Loulé Sem Fronteiras परियोजनाको सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

अल्गार्भको युनिभर्सिटी हस्पिटलमा सम्पन्न भएको रक्तदान कार्यक्रममा आल्बुफेरा, भिलामोरा, मोण्टे गोर्दो र क्वार्तेरा आदि स्थानमा बसोवास गर्ने नेपालीहरु बिहानैदेखि भेला भएका थिए । सो अवसरमा २५ जनाभन्दा बढी नेपालीहरुले रक्तदान गरेका थिए ।

स्थानीय नेपाली र पोर्तुगिस समुदायमा पनि एनआरएनए अल्गार्भ क्षेत्रीय समिति यसले गरेका सामाजिक कार्यहरुले गर्दा लोकप्रिय छ ।

‘हामी सकेसम्म रचनात्मक कामहरु गर्दै आएका छौं, हाम्रो स्थानीय पोर्तुगिस समुदायसंग पनि हार्दिक र न्यानो सम्बन्ध छ’ एनआरएनए क्षेत्रीय समितिका अध्यक्ष अनिल शर्माले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *