एनआरएनए अष्ट्रेलियाले दियो दुर्गमका ९ वटा विद्यालयलाई १/१ लाख आर्थिक सहायता

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालको नौं वटा दूर्गम क्षेत्रका विद्यालयहरुलाई १/१ लाख आर्थिक सहायता उपलब्ध गराएको छ । एनआरएनए अष्ट्रेलियाले नेपालको दूर्गम भेगमा रहेका नौं वटा विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठनका लागि आवश्यक सहयोग गर्न सो आर्थिक सहायता उपलब्ध गराएको हो ।

शुक्रबार संघको मुख्यालय बालुवाटार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपालको दूर्गम भेगमा रहेको ताप्लेजुङको दुर्गा मावि, सप्तरीको राष्ट्रिय प्राईमरी स्कुल, नुवाकोटको बच्चाला मावि, धादिङको मण्डली मावि, बाग्लुङको जनज्योति मावि, पर्वतको पर्वत प्राईमरी स्कुल, बाँकेको रारा मावि, रुकुमको थिगेल्नीदेवी बेसिक स्कुल र बाजुराको चन्द्रनाथ प्राईमरी स्कुललाई सो आर्थिक सहायता रकम संघका अध्यक्ष भवन भट्टले हस्तान्तरण गरेका हुन।

कार्यक्रममा बोल्दै एनआरएनएका निवर्तमान युवा संयोजक विजय पोखरेलले दूर्गम क्षेत्रका गरिब जनताका छोराछोरीको पठनपाठनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो सहायता रकम हस्तान्तरण गरिएको स्पष्ट पारे ।

हस्तान्तरणका गरिएका सो १ लाख विद्यालयहरुले अक्षय कोष बनाई गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुपर्नेछ ।

कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष भवन भट्टले नेपालको दुर्गम क्षेत्रका विद्यालयहरुलाई आर्थिक सहायता उपलब्ध गराउने अभियाननै सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

उनले सो अवसरमा एनआरएनए आबद्ध रहेका विश्वका ८० मुलुकका विद्यालयसँग नेपालका सबै स्थानीय तहका छानिएका विद्यालयहरुको मितेरी सम्बन्ध विस्तार गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाए । एनआरएनए अष्ट्रेलियाले सो सहायता रकम ५ लाखसम्म पुर्याउने योजना पनि अघि सारेको छ ।

गैरआवासीय नेपाली संघले नेपालको आर्थिक विकासमा आवश्यक लगानी भित्र्याउने प्रतिवद्धता पनि जनाउँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *