वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको सामान विमानस्थलमा जफत गरिएकोप्रति एनआरएनएको ध्यानाकर्षण

news-details

वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुले खरिद गरेर ल्याएका सामाग्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरिएकोप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरु झिटिगुन्टा नियममा कडाई गर्दै जफत गर्ने क्रमलाई तिब्रता दिएपछि जताततै यसको विरोध हुन थालेको हो ।

संघका प्रवक्ता भूषण घिमिरेले एक बिज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीको क्षेत्रबाट नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामानहरु जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति मात्रै नभई भावनामा पनि ठेस पुगेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लाखौं नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामान तथा उपहारहरु जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा पनि ठेस पुगेको छ । रेमिट्यान्समार्फत मुलुक कै अर्थतन्त्रमा योगदान दिइरहेका श्रमजीवी नेपालीहरुले घरयासी प्रयोगका लागि ल्याउने सामान समेत जफत गरेर आर्थिक र मानसिक यातनाको अनुभव गरिरहनु पर्ने अवस्थाले नेपालको सरकार, विमानस्थलका सम्बन्धित निकाय र त्यहाँ कार्यरत कर्मचारीहरुप्रति समेत नकारात्मक भावना उत्पन्न गरेको हामीले महशुश गरेको छौँ ।’

झिटीगुन्टा सम्बन्धमा बनेको नियमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समय सापेक्ष बनाउनुपर्ने तथा नयाँ नियम लागू गर्नुभन्दा कम्तिमा ६ महिना अगावै सार्वजनिक रुपमा सूचना दिई कष्टमुक्त बनाउन प्रयास गर्नुपर्ने, जानअन्जानमा तोकिएको भन्दा बढी सामान ल्याएको पाएमा जफत गर्नुको सट्टा सहज रुपमा भन्सार तिरेर छुटाउन पाउने गरी व्यवस्था मिलाउनुपर्ने सुझाव एनआरएनएले दिएको छ ।

सरकारको नियम पालना गर्न आफुहरु तयार रहेको र एक्कासी नियम लागू गराउदा सुचनाको अभावमा स्वदेश फर्कने नेपालीहरुले दुखकष्ट र क्षति ब्यहोर्नु परेको भन्दै संघले यथार्थता बुझिदिएर तत्काल सोही अनुसार कार्य गरिदिन सरकार र सम्बन्धित निकाय समक्ष अनुरोध गरेको छ ।

हेर्नुहोस विज्ञप्ती

विमानस्थल भन्सारमा हुने आतंक रोक्न एनआरएनए ओमानको आग्रह

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *