एनआरएनएको ८० औ शाखा युरोपेली मुलुक माल्टामा विस्तार

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोपेली मुलुक माल्टामा संगठन विस्तार भएको छ । योसँगै एनआरएनएको युरोप क्षेत्रमा मात्रै २८ वटा राष्ट्रिय समन्वय परिषदहरु गठन भएका छन् भने एनआरएनएको ८० देशमा संगठित उपस्थिति भएको छ ।

मंगलबार माल्टाका गैरआवासीय नेपालीहरुको एक भेलाले तेजबहादुर लिम्वुको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।एनआरएनए युरोप क्षेत्रका संयोजक शिव कुमार बरुवालले युरोपमा नयाँ राष्ट्रिय समन्वय परिषद् थपिएको जानकारी दिए ।

लिम्वुको अध्यक्षतामा गठित तदर्थ समितिको उपाध्यक्षमा रेमलाल खनाल र कृष्ण थापा, महासचिवमा सन्देश केसी, ले पाएका छन् । सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः शंकर पोखरेल, सन्दिन पोखरेल र सरिता राई छानिएका छन् । यस्तै महिला संयोजकमा सुष्मा राई र युवा संयोजकमा रोशन गिरी चयन भएका छन् ।

सदस्यहरुमा सुशील अधिकारी, वासुदेव अधिकारी, राजीव दाहाल, शंकर खत्री, कुशकुमारी गुरुङ, कुलचन्द्र गौतम, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनीता सेढाइँ, निरज ढकाल, प्रदीप काफ्ले, शिवशंकर राय, अर्विन पौडेल, दीपक खनाल, वीरेन्द्र घिमिरे र मनिष अर्याल मनोनित भएका छन् ।

माल्टामा कति नेपालीको बसोबास छ भन्ने यकिन तथ्यांक त छैन । तर, त्यहाँ करिब ४ हजार नेपाली रहेको अनुमान छ । एनआरएनए राष्ट्रिय समन्वय परिषद्, माल्टा गठनका लागि बेल्जियम, यूके, जर्मनीलगायतका मुलुकहरुबाट एनआरएन अभियन्ता तथा पत्रकार माल्टा पुगेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *