विमानस्थल भन्सारमा हुने आतंक रोक्न एनआरएनए ओमानको आग्रह

झिटिगुण्टा कडाईप्रति धेरैको आपत्ति
news-details

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा कडाइ गर्न थालेपछि विदेशमा बस्ने नेपालीहरुले विरोध जनाउन थालेका छन् । अकस्मात झिटिगुन्टाको नियमलाई अनावश्यक कडाई गरेपछि वैदेशिक रोजगारमा रहेका र स्वदेश फर्किएका नेपालीहरुमा सरकारले आतंक फैलाएको उनीहरुले आरोप लगाएका छन् ।

गैरआवासीय नेपाली संघ ओमानले विमानस्थलमा विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याएका सामाग्री जफत गर्नेे कार्य बढेपछि सरकारको ध्यानाकर्षण गराएको छ ।

एनआरएन ओमानले झिटिगुन्टाको नियमलाई समय सापेक्ष अन्तर्राष्ट्रिय नियमानुसार परिमार्जन गर्न, व्यक्तिगत प्रयोजन वा प्रयोग गरिएका सामाग्री पहिलाको जस्तै लैजान पाउने व्यवस्था गर्न, कुनै नियम लागू गर्दा ३ महिना अगाडि नै जानकारी दिन, तोकिएको भन्दा बढि सामान भएको खण्डमा जफतको सट्टा प्रचलित नियमअनुसार भन्सार तिरेर लैजान पाउने व्यवस्था गर्न सरकारसँग माग राखेको छ ।

एनआरएनए ओमानका अध्यक्ष दिपक श्रेष्ठले सरकारलाई कटाक्ष गर्दै भने–‘एक वोतल मदिरा, परिवारका लागि मोवाइल, कपडा, चकलेटमा आँखा गाड्नुको सट्टा ३३ किलो सुनमा ध्यान दिदा धेरै राम्रो हुन्थ्यो अध्ययागमनमा ।’

सरकारले विदेशबाट आएका नेपालीबाट जफत भएको विभिन्न सामानहरु २ करोडभन्दा बढी मूल्यमा लिलामीका लागि सूचना निकालेको छ । विदेशमा कार्यरत नेपाली कामदारहरुले सरकारी व्यवस्था अव्यवहारिक नभएको भन्दै सरकारलाई झिटिगुन्टा आदेशलाई सच्याउन माग गरेका छन् ।

सरकारको यो कामलाई रेमिट्यान्स पठाउने नेपाली माथिको अपमानको संज्ञा दिएका छन् । धेरैले घरपरिवार र साथिभाइका लागि ल्याइने थोरै उपहारहरुलाई खुला गर्न माग गरेका छन् । विशेषगरी मदिरा र मोबाइल ल्याउन कडाइ गरिएकोप्रति धेरैको आपत्ति छ ।

हेर्नुहोस विज्ञप्ती

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *