गैरआवासीय नेपालीहरुले गोरखाको भैरवाश्रम विद्यालयलाई तीन करोड बढी सहयोग गरे

news-details

गैरआवासीय नेपाली संघका अभियन्ताहरूले गोरखाको फुजेलस्थित भैरवाश्रम माध्यमिक विद्यालयलाइ तीन करोड रूपियाँ बराबरका भौतिक पूर्वाधार निर्माण गरिदिएका छन् ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा गैरआवासीय नेपालीहरुले गरेको योगदानका संरचनाहरुको उद्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तको विशेष पहलमा भवन, फर्निचर, इ–लाइब्रेरी र मञ्च निर्माण गरी विद्यालयलाइ हस्तान्तरण गरिएको हो ।

पूर्वाधार निर्माणका लागि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र संरक्षक रामप्रताप थापा लगायतले योगदान गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता योगेश भट्टराई र कांग्रेस नेता गगन थापाले शैक्षिक विकासले मात्रै मुलुकको समृद्धि हुने बताउदै एनआरएन अभियन्ताहरुले यस कार्यमा गरेको सहयोगको प्रशंसा गरे ।

विद्यालयका प्रिन्सिपल टंकप्रसाद देवकोटाले एनआरएन अभियन्ताको सहयोगले विद्यालयले मुहार फेरेको भन्दै सहयोगी हातहरुलाई सधै ढोका खुला रहेको बताए ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र उपाध्यक्ष कुमार पन्तले गुणस्तरीय शिक्षाको विकासमा जोड दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *