विभिन्न मुलुकमा सामाजिक कार्यमा संलग्न गैरआवासीय नेपालीहरु सम्मानित

news-details

सामाजिक कार्यमा विशेष योगदान पु¥याएका विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुलाई काठमाडौमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक इभेन्ट्स प्रालिद्धारा आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उक्त सम्मान प्रदान गरेकि हुन ।

होटल सांग्रिलामा आयोजित हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ को विभिन्न विधाका उत्कृष्ट पाँच नोमिनेशन कार्यक्रममा मन्त्री थापाले सामाजिक क्षेत्रमा सक्रिय विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुका अलवा स्वदेशमै रहेर समाजसेवामा क्रियाशिल विभिन्न व्यक्तित्वहरुलाई प्रमाणपत्रसहित सम्मानित गरिन ।

यसरी सम्मानित हुनेहरुमा गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष तथा हङकङ नेपाल ब्यापार संघका अध्यक्ष तेजप्रकाश पुन, गैरआवासीय नेपाली संघका युरोप संयोजक शिवकुमार बरुवाल, गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रविन गुरुङ, गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, गैरआवासीय नेपाली संघका आइसीसी सदस्य मनोज गोर्खाली, राष्ट्रिय मानव अधिकार समिति कतारका संयोजक मोहम्मद रमजान अलि मिया, गैरआवासीय नेपाली संघ कतारका पूर्वअध्यक्ष मक्सुद आलम रहेका छन् ।

कार्यक्रममा स्वदेशमै रहेर आ–आफ्नो क्षेत्रबाट समाजलाई योगदान गर्नेहरुमा इन्द्रप्रसाद गेलाल, कुमार शाक्य, दीपक छन्त्याल, प्रविन बल, किर्ति शर्मा, जीत लामालाई पनि मन्त्री थापाले सम्मान गरेकी थिइन ।

प्रमुख अतिथिसमेत रहेकी मन्त्री थापाले सम्मानित व्यक्तित्वहरुलाई भोलीका दिनमा अझै सामाजिक कार्यमा लाग्न र नेपाली समुदायको हक–अधिकार तथा संरक्षणमा जुटन आग्रह गरिन ।

उनले यही माघ १८ गते कतारको दोहास्थित होटल बेस्ट वेस्ट्रनमा हुदै गरेको हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डको सफलताको पनि कामना गरिन । मन्त्री थापाले कलाकार राष्ट्रका गहना भएकाले उनीहरुलाई सम्मान गर्न राज्य सधै तयार रहेको बताइन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *