नेपाल पत्रकार महासंघको मुख्यालयमा ‘एनआरएन पुस्तकालय’ स्थापना

news-details

नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा स्थापना गरिएको एनआरएन पुस्तकालय एक कार्यक्रमका बीच संघका अध्यक्ष भवन भट्टसहितको पदाधिकारीहरुले हस्तान्तरण गरे ।

गैरआवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ र नेपाल लाइब्रेरी फाउण्डेशनबीच गत असोज २५ गते भएको त्रिपक्षीय सम्झौता बमोजिम निर्माण भएको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको भौतिक संरचना हस्तान्तरण गरिएको हो।

गैरआवासीय नेपाली संघको आर्थिक सहयोगमा निर्मित सो संरचना नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा निर्माण भएको हो ।

कार्यक्रममा पुस्तकालय हस्तान्तरण गर्दै संघका अध्यक्ष भट्टले आगामी दिनमा यस पुस्तकालयलाई सञ्चार संग्रहालयको रुपमा विस्तार गर्न संघको तर्फबाट गर्नुपर्ने सहकार्य गर्न तयार रहेको बताए ।

पुस्तकालय हस्तान्तरण कार्यक्रममा प्रेश काउन्शिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, नेपाल लाइब्रेरी फाउण्डेशनका उपाध्यक्ष मणीराम फुँयाल, संघका प्रवक्ता भूषण घिमिरेलगायतले पुस्तकालयको श्रोत साधन अभिवृद्धिमा जोड दिएका थिए ।

सो अवसरमा संघका तर्फबाट अध्यक्ष भवन भट्ट उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा। बद्री केसी, प्रवक्ता भूषण घिमिरे, ओसनिया क्षेत्रका संयोजक धर्मराज अधिकारी, सल्लाहकार डा हेमराज शर्मा लगायत अन्य पदाधिकारीको उपस्थिती थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *