कतारको दोहामा सुरक्षा जागरूकता विषयक सेमिनार सम्पन्न

news-details

कतारको आन्तरिक मामिला मन्त्रालय अन्तर्गत पब्लिक रिलेसन डिपार्टमेन्टको अनुरोधमा गैरआवासीय नेपाली संघ ९एनआरएनए०एनसीसी कतारको समन्वयमा बुधबार दोहामा  ( First Safety and Security Awareness Seminar for Community Leaders and Representatives ) नामक सेमिनार सम्पन्न भएको छ ।

कतारस्थित विभिन्न संघ संस्थाहरुका प्रमुखहरूको सहभागिता रहेको उक्त सेमिनारमा कतारको आन्तरिक मामिला मन्त्रालयको सेवा केन्द्रले दिने सेवा सुविधा वारे जानकारी, सर्वसाधारणलाई अलफाजा प्रहरीले दिने जानकारी, आगलागी सुरक्षा सम्बन्धी जानकारी, बाहिरबाट कतारमा औषधि ल्याउँदा अपनाउन पर्ने प्रक्रिया र अन्यत्रबाट अरुको सामान ल्याउँदा हुने सम्भावित जोखिमबारे जानकारी प्रस्तुत गरिएको थियो ।

नेपाल, भारत, पाकिस्थान, बंगलादेश, श्रीलंका, फिलिपिन्स लगायतका देशहरुका कम्यूनिटी लीडरहरूको समेत सहभागिता रहेको उक्त सेमिनारमा नेपाली समुदायका तर्फबाट एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको प्रतिनिधित्वमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त सेमिनारमा सहभागी भएका संस्था प्रमुख तथा प्रतिनिधिले महत्वपूर्ण ज्ञान हासिल गरेको र प्राप्त ज्ञानलाई प्रतिनिधिहरुले आफू आवद्ध संस्थाका सदस्यहरूलाई समेत बाड्नें विश्वास सहित सहभागिताका लागि एनआरएनए एनसीसी कतारले धन्यवाद दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *