एनआरएनएलाई लगानीको वातावरण सरकारले बनाउँछ–मन्त्री खनाल

एनआरएनए एसिया प्यासिफिक छैटौ क्षेत्रीय भेला हङकङमा जारी 
news-details

नेपालमा लगानीका लागि सहि समय आएको भन्दै कृषि तथा पशुपन्छि विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई लगानी भित्र्याउन आग्रह गरेका छन् ।

हङकङमा जारी गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक छैटौ क्षेत्रीय भेला तथा पहिलो महिला सम्मेलनमा बोल्दै कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका खनालले उक्त कुरा बताएका हुन ।

भेलामा गैरआवासीय नेपालीहरुले अहिलेसम्म आफुहरुले स्वदेशमा भावनाले मात्र लगानी गरिरहेको भन्दै सरकारलाई उचित वातावरण निर्माणका लागि आग्रह गरेका थिए । जवाफमा मन्त्री खनालले भने –‘मुलुक समृद्धिको बाटोतर्फ अघि बढिसकेको हुदा एनआरएनको लगानी मुलुकलाई धेरै खाचो छ, यसका लागि सरकार वातावरण बनाउन तत्पर छ ।’

‘समृद्ध नेपालको लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने नारासहित हङकङमा सुरु भएको भेलामा एनआरएनएको क्षेत्रीय क्रियाकलाप, भावी योजना र रणनीति तथा नेपालको समृद्धिको बिकासका लागि बृहत छलफल भैरहेको छ ।

आजै हङकङ घोषणा पत्र जारी गरेर भेला सम्पन्न हुदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *