नेपालको समृद्धिको विकासबारे छलफल गर्न एनआरएन एसिया प्यासिफिक भेला शनिबारबाट सुरु

तयारी पुरा भएको आयोजकको दावी
news-details

गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको छैटौ क्षेत्रीय भेला तथा पहिलो महिला सम्मेलन भोली शनिबारबाट हङकङमा सुरु हुदैछ । भेलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले भेलाको तयारी पुरा भएको जानकारी दिएको छ ।

नेपाल सरकारका कृषि तथा पशुपन्छि विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’को प्रमुख आतिथ्यतामा हुने भेला डिसेम्बर ८ र ९ गरी २ दिनसम्म चल्ने छ ।

भेलामा एसिया प्यासिफिक क्षेत्रका एनसीसीहरुका प्रतिनिधी, आइसीसीका प्रतिनिधी तथा विश्वका विभिन्न मुलुकका एनआरएन गरी करिब ५ सयको सहभागीता रहने जानकारी दिदै एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरणबिक्रम थापाले अतिथिहरु आउने क्रम जारी रहेको बताए ।

एनआरएनएको क्षेत्रीय क्रियाकलाप, भावी योजना र रणनीतिबारे सम्मेलनमा गहन छलफल हुने बताउँदै क्षेत्रीय संयोजक थापाले भने –‘यो भेलाले नेपालको समृद्धिको कुरा मात्र होइन समृद्धिको बिकासका लागि ठोस निर्णय पनि गर्नेछ ।’

भेलामा सहभागिताका लागि भिसा आवेदन दिएका सबै सहभागीहरुको भिसा प्राप्त भइसकेको जानकारी दिदै भेला आयोजक समितिका सदस्यसचिव तथा एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङले कार्यक्रम सफल पार्न सबैलाई अनुरोधसमेत गरिन ।

उक्त क्षेत्रीय भेलामा सहभागिताका लागि अहिले एनआरएनए आइसीसीका उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्रि केसी, सचिव जानकी गुरुङ, ओसियाना क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएनएका प्रवक्ता भुषण घिमिरेलगायत एनआरएनए एसिया प्यासिफिक क्षेत्रका अधिकांश प्रतिनिधीहरु हङकङ पुगिसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *