एनआरएनए अध्यक्ष भवन भट्टलाई पितृशोक

news-details

काठमाडौं । एनआरएन अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । उनका बुवा यदुप्रसाद भट्टको ७५ वर्षको उमेरमा आइतबार दिउँसो जापानमा निधन भएको हो ।

गोरखाको साबिक तान्द्राङ्ग गाविसको भकुन्डे घर भएका भट्ट पञ्चायतकालमा वाणिज्य सहायक मन्त्री पनि भएका थिए । श्वासप्रश्वासको समस्याबाट पीडित उनको जापानको रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा निधन भएको हो ।

उनको पार्थिव शरीर नेपाल ल्याउने तयारी भइरहेको भाइ भव भट्टले जानकारी दिएका छन् । यदुप्रसादका ३ छोरा र ३ छोरी छन् ।

एनआरएन अध्यक्ष भवन भट्ट उनका माहिला छोरा हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *