सरकारी र एनआरएनए थिंक-ट्यांकबीच औपचारिकरुपमा साझेदारी सुरु

news-details

सार्वजनिक नीति निर्माणलाई मुर्तरुप दिन गैरआवासीय नेपाली संघ (एनआरएनए)को थिंक-ट्यांक र नेपाल सरकारको थिंक-ट्यांक (नीति अनुसन्धान प्रतिष्ठानबीच) औपचारिकरुपमा साझेदारी सुरु भएको छ ।

संघले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै आफूले हालै गठन गरेको थिंक-ट्यांक नेपाल पोलिसी इन्सटिच्युट (एनपीआई) र सरकारी थिंक-ट्यांकबीच साझेदारीका लागि आग्रह गरेको छ ।

एनपीआईको नेतृत्व गरिरहेका खगेन्द्र ढकालले बैंककस्थित नेपाली दूतावासमा बिहीबार आयोजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई यससम्वन्धी पत्र बुझाएका छन् । सो कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघलाई विकास साझेदारको रुपमा स्वीकार गर्न आफू दिलैदेखि लाग्ने बताउँदै नीति निर्माण र सुधार प्रक्रियामा एनपीआईसँग सरकार पनि लाग्ने बताए ।

मन्त्री ज्ञवालीलाई बुझाइएको पत्रमा हस्ताक्षर गर्दै संघका अध्यक्ष भवन भट्टले सरकारको जारी नीति बहसमा गैरआवासीय नेपाली संघले योगदान गर्ने प्रतिवद्धता जनाए । उनले यसका लागि राष्ट्रिय योजना आयोगलाई फोकल प्वाइन्ट बनाउँदै एनपीआईले विभिन्न सरकारी निकायसँग नियमित सहकार्य गर्नुपर्ने बताए ।

एनपीआईका अध्यक्ष ढकालले यो संस्था नेपालीहरुको अन्तर्राष्ट्रिय थिंक-ट्यांक तथा नलेज प्ल्याटर्फम हुने बताउँदै नेपाली र नेपाली मुलका विश्वभरका विज्ञलाई यसको अंश हुन आग्रह गरे ।

थाइल्याण्डका लागि नेपाली राजदूत डा खगनाथ अधिकारी, गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष आसाजिता अवाले र नेपाली समाजका संरक्षक डेबिट खनालले पनि कार्यक्रममा धारणा राखेका थिए । अन्तरक्रियामा नेपाली विज्ञ एवं नेपाली समुदायसँग सम्वद्ध संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *