एनआरएनएद्धारा ‘सिन्धुलीगढी’ पुर्ननिर्माण को बिस्तृत गुरु योजना हस्तान्तरण

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा पुर्ननिर्माण गरिन लागिएको ऐतिहासिक सम्पदा ‘सिन्धुलीगढी’को बिस्तृत गुरुयोजना सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गरिएको छ ।

संघका अध्यक्ष भवन भट्टले सो गुरुयोजना बुधबार एक कार्यक्रमकाबीच मेयर खत्रीलाई हस्तान्तरण गरेका हुन । सो अवसरमा उपाध्यक्ष कुल आचार्य, महिला उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्रि केसी, उक्त परियोजनाका संयोजक तथा संघका सचिव डिबी क्षेत्रीलगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

करिब १६ करोड लागतमा निर्माण गर्न लागिएको उक्त परियोजना २ वर्षभित्र निर्माण सम्पन्न गर्ने अपेक्षा गरिएको छ । सो निर्माणका लागि एनआरएनले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्ने संघका अध्यक्ष भट्टले बताए ।

सिन्धुली जिल्लामै जन्मिएका संघका सचिव डिबी क्षेत्रको परिकल्पनामा एनआरएनएको आफ्नै लगानीमा गुरुयोजना तयार पारिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *