एनआरएनए मध्यपूर्व संयोजक शर्मा कार्यक्रममा सहभागी भएकै कारण पक्राउ परेको पुष्टि 

news-details

कतारमा सफल नेपाली व्यवसायीको पहिचान बनाएका गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा (आरके) कतारमा केही दिनदेखि अज्ञात अवस्थामा रहेको खबर सार्वजनिक भैरहदा उनलाई सामान्य सोधपुछका लागि कतार प्रहरीले लगेको पुष्टि भएको छ ।

केहि दिन अघि आफ्नो कार्यालयबाट नै केही सेता लुगा लगाएर आएका व्यक्तिले लिएर गएको पारिवारिक स्रोतले जानकारी दिइरहदा शर्माको अवस्था बारे अहिले साझ उनी परिवारको सम्पर्कमा आएको उनका भाई युवराज शर्माले बताए ।

केहि दिन अघि कतारमा आयोजित एक नेपाली सांस्कृतिक कार्यक्रममा प्रर्दशन गरिएको नाटकको विषयवस्तुका कारण शर्मालाई सोधपुछका लागि लगिएको बुझिएको छ । उक्त नाटकमा नेपाली कामदार माथि रोजगारदाताले दिएको पीडा पनि समेटिएको थियो र त्यस कार्यक्रममा शर्मा विषेष अतिथी थिए ।

शर्मासहित अन्य ३ जना नेपाली समेत सम्पर्क बाहिर रहेको बताइएको थियो । नेपाली कलाकार ल्याएर केही अगाडि गरिएको कार्यक्रम लगत्तै शर्मासहित सो कार्यक्रमका आयोजक  शक्ति क्षेत्री, कलाकार रित कुमार श्रेष्ठ, कृष्ण ढकाल र राम बोहरा समेत सोही दिनदेखि सम्पर्क बाहिर रहेका थिए ।

कतारमा विभिन्न कार्यक्रम नेपाली समुदायले गर्ने गर्दछन् । कतारमा प्रहरी वा सिआइडीलाई शंका लागेमा जोकोहीलाई सोधपुछका लागि लान सक्ने प्रावधान छ ।

‘केही दिनदेखि हाम्रो सम्पर्कमा दाई हुनुहुन्न, हामीले कतार प्रहरीमा निवेदन पनि दियौ आज बल्ल उहाँसँग सम्पर्क भयो’ शर्माका भाई युवराज शर्माले भने–‘आफ्नो मान्छे हराएर परिवार दुःखमा रहेको बेला केही संचार माध्यमले झुटा आरोप सहित पक्राउ परेको भ्रामक समाचार प्रकाशित गर्दा ठूलो चोट पुगेको छ ।’

शर्माको अवस्था अज्ञात भए लगत्तै एनआरएनएका महासचिव डा बद्री केसीले खोजि कार्यमा सहयोग गर्न दूतावासलाई आग्रह गरिएको जानकारी दिएका थिए ।

शर्माको चरित्र हत्या गर्ने गरी केही मिडियाले भ्रामक समाचार अनुमानका आधारमा लेखेकोमा उनका समर्थक तथा एनआरएन सचिवालयले खेद प्रकट गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *