महिला हिंसा रोक्न एनआरएन एसिया प्यासिफिक महिला फोरमको माग

news-details

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको एसिया प्यासिफिक महिला फोरमले नेपालमा भइरहेको महिला हिंसा रोक्दै कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई अभिलम्ब कठाघरामा उभ्याउन माग गरेको छ ।

कुनै वर्ग जाति र लिंगको आधारमा अझ पनि महिला हिंसा भइरहनुपर्ने, अवोध बालिकाले अकालमा ज्यान गुमाउनुपर्ने र यस किसिमका आपराधिक घटना निरन्तर घटिरहनुले मुलुकमा दण्डहिनता बढदै गएको र कानुनी राज्यको उपहास भएको फोरमकी संयोजक जुनु गुरुङद्धारा सार्वजनिक विज्ञप्तीमा उल्लेख छ ।

घटना घटेको लामोसमय वित्दा समेत कञ्चनपुरकी बालिका पन्तको हत्यारालाई कठाघरामा उभ्याउन नसकेर राज्यले लाचारीपन देखाएको भन्दै फोरमकी संयोजक जुनु गुरुङले भनेकीछिन् –‘तत्काल यो घटनाको अपराधीलाई कठघरामा उभ्याएर यस्ता सम्वेदनशिल अमानविय घटना घटाउनेलाई निर्मूल पारिनुपर्छ, आम नागरिकको जनधनको सुरक्षा र मानव अधिकारको प्रत्याभूतिको माग सहित निर्मला पन्तको परिवारलाई न्यायको माग आम एनआरएनहरुको रहेको छ ।’

संयोजक जुनु गुरुङले नेपाल सरकारको ध्यानाकर्षण गराउन नेपाली दूतावास दक्षिण कोरियामा निर्मला पन्तको हत्यारालाई तत्काल पत्ता लगाउन तथा नागरिकको बाच्न पाउने अधिकार प्रत्याभूत गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाइने जानकारी दिएकी छिन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *