गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को छैटौ मध्यपूर्व क्षेत्रीय भेलाको आज शुक्रबार औपचारिक उदघाटन भएको छ । अनौपचारिक रुपमा विहिबारबाट दुबईस्थित ग्राण्ड एक्सेलसिअर होटलमा सुरु भएको भेलालाई खानेपानी तथा सरसफाई मन्त्री विना मगरले औपचारिक उदघाटन गरेकि हुन ।

एनआरएनए मध्यपूर्व क्षेत्रीय भेलाको औपचारिक उदघाटन, सुरक्षित वैदेशिक रोजगारीमा भेला केन्द्रित

‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार : ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नारासहित सुरु भएको भेला शनिबारसम्म चल्ने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको ठुलो हिस्सा रहेको यस क्षेत्रमा रहेका नेपाली श्रमिकहरुको समस्या समाधान, सुरक्षा तथा सुरक्षित वैदेशिक रोजगारीको विषयमा भेला केन्द्रित हुने बताइएको छ ।

साथै भेलामा रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा कसरी लगानी गर्ने भन्ने विषय, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमुलुक तालिम तथा फर्केर आएका युवा युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन, समाजमा पुनरस्थापना र समायोजन, स्वास्थ सुरक्षा सम्बन्धी र आफुलाई अफ्ठ्यारो पर्दा कुन निकायमा कसरी सम्पर्क गर्ने भन्ने कुराको चेतना, घरेलु कामदारको समस्या, सामाजिक सुरक्षा कोष, हजारे अभियान, वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी नियन्त्रण, फ्रि–टिकट तथा भिषाको कार्यान्वयन, अंगभंग भएका र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा लगायतका विषयमा समेत भेलामा बृहत छलफल हुने छ ।

एनआरएनए मध्यपूर्व क्षेत्रीय भेलाको औपचारिक उदघाटन, सुरक्षित वैदेशिक रोजगारीमा भेला केन्द्रित

यस्तै विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, अनलाइन प्रणालीमार्फत विभिन्न निकायहरुलार्ई जोडी कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाहरुको लागि सञ्चयकोष जस्ता विषयमा पनि बृहत छलफल गर्दै निष्कर्ष निकालिने आयोजकले बताएका छन ।

एनआरएनए मध्यपूर्व क्षेत्रीय भेलाको औपचारिक उदघाटन, सुरक्षित वैदेशिक रोजगारीमा भेला केन्द्रित

सम्मेलनमा पूर्व श्रममन्त्री रमेश लेखक, श्रम मन्त्रालयका उपसचिव विपिन आचार्य, कार्यवाहक राजदूत सागर फुयाल, एनआरएनए आईसीसीका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, प्रमुख संरक्षक जिवा लामिछाने, अध्यक्ष भवन भट्ट, आईसीसी तथा एनसीसीका पदाधिकारीहरू र मध्यपूर्वका १२ मुलुकका एनसीसी प्रतिनिधि सहभागी छन् ।

मध्यपूर्व संयोजक आरके शर्माको सभापतित्वमा सुरु भएको भेलामा हिजो पहिलो दिन परिचयात्मक कार्यक्रम तथा मध्यपूर्वमा रहेका एनसीसीका अध्यक्षहरुले आआफ्नो भनाइ राखेका थिए ।