स्व. बजगाईका परिवारलाई ८१ हजार २ सय ५६ डलर हस्तान्तरण

news-details

विजय थापा/ भर्जिनिया । अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखमा भर्जिनियाको हरन्डन शहरस्थित सुनोको इन्धन चौकीमा लुटेराद्वारा हत्या गरिएका स्व रेशम बजगाईको नाममा उठाइएको गो फन्ड रकम स्व. बजगाईको परिवारलाई हस्तान्तरण गरिएको छ ।

गत अगस्त १९ तारिखका दिन अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीको उपस्थितिमा ८१ हजार २ सय ५६ डलर हस्तान्तरण गरिएको हो ।

स्व बजगाईको हत्या भएपछि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको एनआरएनए भर्जिनिया शाखाको पहलमा ‘गो फन्ड’ खोलिएको थियो । कुल रकम ८४ हजार ६ सय ८३ डलर उठेकोमा ‘गो फन्ड’ले आफ्नो खर्च कटाएर उक्त रकम एनआरएन अमेरिकाको खातामा जम्मा गरेको थियो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको खातामा जम्मा भएपछि उक्त रकम निकालेर संघका कोषाध्यक्ष प्रकाश अर्यालले सञ्चार माध्यम तथा समुदाय सदस्यबीच उक्त रकम बजगाईका परिवारलाई हस्तान्तरण गरेका थिए ।

उक्त रकम अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की तथा प्रकाश अर्यालले संयुक्त रुपमा चेक स्व बजगाईका नजिकका नातेदार ठाकुर ढकाललाई हस्तान्तरण गरेका हुन ।

सो अवसरमा एनआरएनए भर्जिनिया शाखाका अध्यक्ष गोविन्द सुवेदीले यस अभियानमा साथ दिने सबैलाई धन्यवाद दिदै अतुलनीय सहयोगको चर्चा गरेका थिए । सम्भवत गो फन्डमा संकलित रकम अहिले सम्मकै ईतिहासमा नेपाली समुदायमा सर्वाधिक रकम संकलन भएको बताइएको थियो ।

संघका कोषाध्यक्ष प्रकाश अर्यालले पनि यस्तो घटना कसैलाई नहोस् र यस्तो रकम संकलन गर्नु नपरोस् भन्दै राजदुत कार्कीलाई दुताबासकोतर्फबाट अमेरिकन सरकारलाई कसरी हामी सुरक्षित हुने बारेमा पहल गर्न आग्रह समेत गरे ।

राजदुत कार्कीले आफूले यस बिषयमा चर्चा गरेको र यस्ता बिषयमा कालान्तरमा छलफल गर्ने पनि बताए । स्व। रेशम बजगाईका नातेदार ठाकुर ढकालले सबैलाई धन्यवाद दिँदै अझ पनि स्व। रेशमकी धर्मपत्नी पहिलाको स्थितिमा नआएकोले आफूले उनको तर्फबाट रकम बुझेको जनाए ।

उक्त रकम चेकमार्फत स्व रेशम बजगाई कि धर्मपत्नी दिपा बन्जारा तथा छोरी पर्त्युषा बजगाईको नाममा प्रदान गरिएको छ । उक्त कार्यक्रममा विभिन संघसंस्थाका प्रतिनिधिसहित राष्ट्रिय आविष्कार केन्द्रका महाबिर पुनलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *