एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको कम्पालामा हुने

news-details

युगान्डा । गैर आवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी शहर कम्पालामा यहि डिसेम्बर २९-३०, २०१८ मा आयोजना हुने भएको छ ।

एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीका अनुसार एनसीसी युगान्डाले बैठक भब्य रुपमा आयोजना गर्न तयारी थालेको बताएका छन् ।

दुई दिनसम्म चल्ने उक्त बैठकको पहिलो दिन उदघाटन कार्यक्रममा नेपाली साहित्य गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ ।

दोश्रो दिन अफ्रिका क्षेत्रका एनसीसीका समस्या, प्रगति विवरण, अफ्रिकाको बाटोबाट हुने नेपाली मानव तस्करी, केन्या र तान्जानियाका डान्स बारमा काममा आउने नेपाली चेलीहरूको समस्या, अफ्रिकामा नेपाली कामदारको समस्या, अफ्रिकामा कार्यरत नेपालीले भोग्नु परेको श्रम स्वीकृति, पासपोर्ट नवीकरण आदिको समस्याका बारेमा छलफल हुनेछ ।

सामूहिक लगानी, नेपाल र अफ़्रिकिन देशबीच व्यापार, पर्यटनमा साझेदारी आदि विषयमा छलफल हुने जानकारी एनसीसी युगान्डाका पूर्वअध्यक्ष रमेश कंडेलले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *