गैरआवासीय नेपाली संघको ११ औं क्षेत्रीय बैठक लक्जेमवर्गमा सुरु हुँदै

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ युरोपीयन क्षेत्रीय बैठक आज लक्जेमवर्गमा सुरु हुँदैछ । बैठक नेपालमा पुँजी सहितको ज्ञान, सीप र दक्षता भित्राउदै पर्यटन प्रवद्र्धनमा केन्द्रित रहने प्रवक्ता भूषण घिमिरेले बताए ।

गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर आगामी अक्टोबर १३ र १४ मा काठमाडौंमा हुने भनिएको विज्ञ सम्मेलनको पूर्वतयारी स्वरुप पनि बैठकको आयोजना गरिएको एनआरएनएले जनाएको छ । युरेपेली क्षेत्रबाट एक अर्बको लगानी नेपालमा भित्र्याउने लक्ष्य रहेको प्रवक्ता घिमिरेले बताए ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, लक्जेमवर्गका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश कार्यक्रममा सहभागी हुनेछन । युरोपस्थित संघको २७ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधि सहित ५ सय जना बैठकमा सहभागी हुदैछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *