अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी सुरु, नयाँ वर्षमा उद्यमी सम्मेलन

news-details

अस्ट्रेलिया र गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले सञ्चालन गर्ने नेपाल महोत्सवको तयारी सुरु गरिएको छ । अष्ट्रेलियाको सिड्नी, मेल्वर्न, ब्रिस्वेन र एडिलेडमा महोत्सव सञ्चालन गरिने एनआरएनए अष्ट्रेलियाले जानकारी दिएको छ ।

गत आइतबार बसेको एनआरएनए अष्ट्रेलियाको बैठकले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।

यसपटक महोत्सवका कार्यक्रममा एकरुपता ल्याउन नेपाल हाउस, पर्यटन प्रबर्धन तथा अन्य साँस्कृतिक कार्यक्रमको रुपरेखा समान राख्ने निर्णय भएको एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले जानकारी दिए ।

महोत्सवलाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्ने तयारी सुरु गरिएपनि कुन शहरमा कहिले महोत्सव आयोजना हुने भन्ने निर्णय भने भएको छैन ।

नयाँ वर्षमा उद्यमी सम्मेलन गरिने

एनआरएनए अष्ट्रेलियाको बैठकले आगामी नयाँ वर्षमै राष्ट्रिय उद्यमी सम्मेलन गर्ने निर्णय गरेको छ । गत आइतबार बसेको बैठकले २०१९ जनवरीमा सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकबाट नयाँ वर्षमै उद्यमी सम्मेलन गर्ने निर्णय भएपनि मिति भने नतोकिएको प्रवक्ता डिला खरेलले जानकारी दिए ।

यस्तै संस्थालाई राष्ट्रिय रुपमा दर्ता गर्ने गरी निर्माण गरिएको विधान समितिले तयार गरेको विधानलाई विशेष साधारणसभाले पारित गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले यो कार्यकालमा कार्य सम्पादन चुस्तदुरुस्त राख्नका लागि संस्थाका प्रवक्ताले प्रस्तुत गरेको निर्देशिका परिमार्जन गरी पारित गर्ने निर्णय पनि गरेको छ ।

निर्देशिकामा एनआरएनए अन्तर्राष्टिय समन्वय परिषद, राष्ट्रिय परिषद्, राज्य परिषद्, विभिन्न कार्यदल, समिति तथा उपसमितिहरुको काम, कर्तव्य, अधिकार र यसको नियमित नियमन तथा नेतृत्वको बारेमा खाका प्रस्तुत गरिएको छ ।

यस्तै, एनआरएनए अष्ट्रेलियाको सामाजिक कल्याण्कारी कोषको नीति विकास तथा परिमार्जन समिति निर्माण संयोजकमा मेल्वर्नका सुनिल भण्डारीलाई जिम्मेवारी दिइएको छ ।

नेपाली समुदायलाई आपतविपत् पर्दा सहयोग गर्ने तथा नेपाली विद्यार्थीहरुको सीप विकासमा समेत टेवा पुर्‍याउने उद्देश्यका कोषको नीति विकास तथा परिमार्जन गर्न लागिएको प्रवक्ता खरेलले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *