एनआरएनए जाम्वियाद्धारा मदर टेरेसा आवास गृहमा लत्ता कपडासहित खाद्यपदार्थ वितरण

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले त्यहाँको मदर टेरेसा आवास गृहमा ६ बाकस लत्ता कपडाहरु र जुस, पाउरोटी र अण्डाहरु उपलब्ध गराइ सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा एनसिसि जाम्वियाका अध्यक्ष प्राडा विशालनाथ उप्रेती, उपाध्यक्ष शंकर सुनुवार, पूर्व अध्यक्ष विदुर खनाल र सदस्य संध्या खनालको सहभागीता रहेको थियो । कार्यक्रममा आवास गृहका सहभागीहरुले भब्य स्वागत गरेका थिए ।

आवास गृहमा ६५ जना पुरुष र २५ जना महिलाहरुका साथै करीब ४५ जना अपांग बालबालिकाहरु रहेका छन् ।

करीब ३० वर्ष पहिले स्थापना भएको उक्त आवास गृहको स्थापना भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *