एनआरएनए महिला फोरम स्वीडेनले गर्यो महिला भेला

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनले महिला फोरमको भव्य भेला सम्पन्न गरेको छ । एनआरएनए ग्लोवल महिला संयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा स्वीडेनमा बसोबास गर्ने नेपाली महिलाहरुको समस्या, चुनौति र सफलताका बारेमा अन्तक्र्रिया कार्याक्रम समेत भएको थियो ।

अन्तरक्र्रियामा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रजनी प्रधानले विदेशमा रहेका नेपाली महिलाहरु एकजुट भई महिला सशक्तिकरणमा लाग्नुपर्ने बताईन । महिलाका समस्याहरुमा आईपर्ने चुनौतीहरुसंग लड्न पनि महिला पछि पर्नुनहुने बताउदै प्रधानले महिलाहरुको मुद्दाबारे उठेका जिज्ञासाको बारेमा पनि प्रकाश पारेकी थिईन ।

भेलामा महिला फोरमकी उप–संयोजक सरिता ढकाल, एनआरएन, स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, आईसीसी सदस्य प्रवेश कुँवर, नेपाल मण्डपका निर्देशक सुबास अधिकारी र एन आर एन स्वीडेनका सल्लाहकार जानुका एण्डर्सनले भेलाको सफलताको शुभकामना दिएका थिए ।

एनआरएनए स्वीडेनकी महिला संयोजक उषा गौतमको सभापतित्वमा भएको भेलामा विश्वभर रहेका नेपाली महिलाहरुका सवालमा बृहत छलफल भएको छ ।

कार्यक्रमको उदेश्यकाबारेमा अध्यक्ष श्रेष्ठले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन अम्बिका खनालले गरेकी थिइन । भेलामा एनआरएन आईसीसीको महिला फोरमले गरेका गतिविधिका बारेमा विस्तृत रुपमा प्रोजेक्टर मार्फत संयोजक प्रधानले प्रष्ट पारेकी थिइन ।

एनआरएनको अभियानमा समाहित भएर लामो समय देखि महिलाहरुको हक, हित अधिकारको लागि लड्दै सामाजिक अभियन्ता प्रधानलाई एनआरएनए स्वीडेनले विशेष सम्मान समेत गरिएको स्वीडेन अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।

भेलाले बेल्जियममा हुने सिलाई बुनाई तालिमको लागि स्वीडेन बाट एकजना महिला छनोट गरी तालिमका लागि पठाइने र लाग्ने खर्च महिला फोरम स्वीडेन र एनआरएनए स्वीडेनले व्यहोर्ने जानकारी दिइयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *