काठमाडौं । चीनको तिब्बतमा पुन : ड्याम फुटेको छ ।

चिनियाँ पक्षले पुनः ड्याम फुटेको जानकारी दिएको हो । नेपाल प्रहरीले सुरक्षाकर्मी, उद्वारकर्मी लगायत सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको ग्लोबल टाइम्सले चीनिया जलस्रोत मन्त्रालयलाई उल्लेख गर्दै जानकारी दिएको थियो । तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने र जुनसुकै बेला फुटन सक्ने जानकारी दिएको भोलीपल्टै ताल फुटेको हो ।

सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको थियो।