तनावकाबीच प्रतिनिधि सभा बैठक स्थगित
- जेष्ठ ३, २०८१
- 0
संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ सुरु भएलगत्तै बैठक स्थगित भएको छ ।
गृहमन्त्री रवि लामिछानेमाथिको सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठनको मागलाई बेवास्ता गर्दै सरकारले संसद् बैठक सञ्चालन गर्न खोजेपछि कांग्रेस प्रतिवादमा उत्रिएको हो ।
कांग्रेस सांसदको नाराबाजीबीच सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिइएको घोषणा गरेका थिए । तर, उनी रोष्ट्रममा पुग्नै पाएनन् । कांग्रेस सांसदको नाराबाजीपछि सत्ता पक्षका नेताहरु प्रतिवादमा उत्रिएपछि झण्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो ।
सभामुख देवराज घिमिरेले बैठक शुक्रबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् ।
उनले कांग्रेसको अवरोधकाबीच मन्त्री नियुक्ति बारेको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू भने पढेर सुनाएका थिए ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






