भोजपुर । सप्तकोशीमा यात्रु बोकेको जेटबोट दुर्घटना भएको छ ।

आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४ जना यात्रु बोकेर सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खडकाले बताए ।

दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चल्दै गरेको बोटको इन्जिन बन्द हुँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको मृत्यु भएको छ भने एकको उपचार भईरहेको छ भने एक जना बेपत्ता छन् ।

दुर्घटनापछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार सम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ ।