सर्लाही । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र ईभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् ।

सर्लाहीबाट पूर्व बर्दिबासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किँदा ईभीमा सवार मानिसहरू घाइते भएका हुन् ।

दुर्घटनामा बाराको महागढीमाई नगरपालिका ६ का ४१ वर्षीय कामेश्वर सहनी, सोही नगरपालिकाको वडा नं. ९ का ४८ वर्षीय राजेन्द्र राम, बाराकै सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय रामदेव राम, ४० वर्षीय विनोद राम, ४७ वर्षीय रुदल राम, सुवर्ण गाउँपालिका ७ बस्ने ६३ वर्षीय हरिहर राम घाइते भएका छन् ।

त्यस्तै, बाराकै कलैया उपमहानगरपालिका २६ बस्ने ३७ वर्षीय नन्दन राम, ३७ वर्षीय उमेश राम, बाराको पचरौता नगरपालिका ७ बस्ने ५५ वर्षीय रामसन्देश राम र बाराकै सिम्रौनगढ नगरपालिका ४ बस्ने ४० वर्षीय नवलकिशोर राम घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि एलएस न्युरो अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेको मोडेल अस्पताल लाल बन्दीमा उपचार भइरहेको सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेका सवारी प्रहरी चौकी फूल जोरमा ल्याएर राखिएको छ ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर केसीले बताए ।