अख्तियारद्वारा चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौं जना उपर आरोप–पत्र दायर

news-details

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौं जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।

भ्रष्टाचारको आरोपमा जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब–इन्जिनियर हर्कधन बुढामाथि आरोप–पत्र दायर भएको हो ।

गाउँपालिका वडा नं. ३ स्थित ब्याफु खानेपानी मर्मत योजनाका लागि ७४।७५ मा छुट्टाइएको रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धानको क्रममा कसुर गरेको पुष्टि भएको प्रवक्ता नरहरि घिमिरे बताएका छन् ।

ब्याफु खानेपानी मर्मत योजनाको फिल्डमा नापी किताब बमोजिम नभए काम भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने, प्रमाणित गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरी काम भएको भन्दा रु.५,१५,१०८.९७ बढी भुक्तानी लिएको पुष्टि भएको हो ।

निजहरुलाई पाँच लाख पन्ध्र हजार एक सय आठ रुपैयाँ सन्तानब्बे पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन एवं बिगो असुलउपर हुनसमेत मागदाबी लिइएको पनि घिमिरेले जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *