राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजय भएकी छिन् । गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन्।
रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन्।
रुक्मिणीको विजयपश्चात दोस्रो सीटको मतगणना हुने छ । गठबन्धनसँग आरामदायी बहुमत भए पछि फ्लोर क्रस देखिएपछि सिटौला धरापमा परेका छन् ।








