काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ ।
महानगरपालिकाले आजबाट सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो । महानगरपालिकाले काठमाडौं टावरमा नि:शुल्क पार्किङको व्यवस्था मिलाएको छ ।
यसैबीच न्यूरोडका व्यापारीले महानगरको निर्णयको विरोध गर्दै सटर बन्द गरेका छन् ।
सवारीसाधन पार्किङ हटाएसँगै ग्राहक नआउने भन्दै व्यवसायीले सटर नै बन्द गरेर विरोध जनाएका हुन् ।








