हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार विहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । जसकारण सर्वसाधारणको जीवन कष्टकर बनेको छ ।

मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीय रही बाँकी भू–भागमा मौसम सफा रहनेछ भने उच्च तथा पहाडी भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, मंगलबार राति कोशी, वाग्मती, गण्डकी र कर्णालीका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।