राष्ट्रिय सभा निर्वाचन : आजदेखि मौन अवधि सुरू

news-details

राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरू भएको छ ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै सोमबार मध्यरातिदेखि प्रचारप्रसार निषेध गरिएको जानकारी दिएको हो ।

मौन अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न पाइँदैन । कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभाको रिक्त १९ पदका लागि यही माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *