पत्रकार सम्मेलनको तयारीमा रवि लामिछाने

news-details

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयर विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले सोमबार(आज)साँझसम्म पत्रकार सम्मेलनमार्फत उठेका विषयमा जानकारी दिए तयारी थालेका हुन् ।

उनले सोमबार विहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिंदै पत्रकार सम्मेलन गर्ने संकेत गरेका हुन् । सेयर लिंदा सहकारीको रकम दुरुपयोग गरेको उनीमाथि आरोप छ ।

उनले लेखेका छन्,‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है । मलाई केही कुरा लुकाउनु छैन । पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोहि ‘स्लिप’ हुनैपर्दैन । बाँकी भ्याएसम्म आजै(सोमबार)साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।’

ग्यालेक्सी टेलिभिजन छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा भएको समाचार सार्वजनिक भएपछि लामिछाने चर्चामा छन् । लामिछानेले भने गोर्खा मिडियामा आफू स्वेट सेयर वा गुडविल सेयर लिएर गएको र कुनै आर्थिक कारोबार नगरेको बताउँदै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *