इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्वामा दोषी ठहर

news-details

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन ।

विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उहाँको सम्पत्तिको स्रोत खुल्न नसेको ठहर गरेको हो ।

उनलाई तीनवर्ष भन्दा बढी जेल सजाय हुन सक्नेछ । उनको सजाय निर्धारणका लागि अर्को पेशी राख्न आदेश पनि दिइएको छ ।

१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ र मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

उनीहरुमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका छन ।

सिभिल सहकारीको ठगी मुद्दामा पूर्व सांसदसमेत रहेका इच्छाराज पुर्पक्षका लागि थुनामा छन । सहकारी ठगी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *