आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

news-details

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कतारको दोहाबाट आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

दर्जी हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट काठमाडौं आउनु भएको थियो ।

थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *